एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शुक्रबार) लिग लिडर रियल मड्रिडले डिपोर्टिभो अलाभेससँग प्रतिस्पर्धा गर्दैछ ।
रियलले अस्थाई घरेलु मैदानमा अलाभेसको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
तुलनात्मक कमजोर टिम अलाभेसविरुद्ध मैदान उत्रदा रियल सहज जितको खोजीमा हुनेछ ।
उपाधिको प्रमुख दाबेदार क्लब रियल जित निकाल्दै उपाधि यात्रा थप बलियो बनाउन चाहन्छ ।
रियल जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनाविरुद्ध अंक दुरी समेत फराकिलो बनाउने योजनामा हुनेछ । रियल बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ ।
अलाभेसविरुद्ध जित निकालेमा रियलले चार अंकको अग्रता बनाउनेछ ।
रियलले ३४ खेलमा ७७ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ ।
अलाभेस ३५ अंक जोडेर रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ ।
ला लिगा अन्तर्गत नै शुक्रबार रियल सोसिडाडले ग्रानडाको सामना गर्नेछ ।