'नेयमार बार्सिलोना फर्कने सम्भावना छैन'

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेयमार क्लब फर्कने सम्भावना नभएको बताएका छन् ।
स्पेनिस रेडियो आरएसीसँग कुरा गर्दै अध्यक्ष जोसेपले अहिलेको अवस्थामा नेयमार बार्सिलोना फर्कने सम्भावना नभएको बताएका हुन् ।
कोरोना भाईरसको महामारीको कारण युरोपियन क्लबको आर्थिक अवस्था नाजुक भएको कारण ठुला खेलाडीको सरुवा सम्भव नभएको उनको भनाई छ ।
'केहि यस्ता अपरेसन असम्भव छ किनभने युरोपमा सबै क्लबहरूको अवस्था धेरै गाह्रो छ,'अध्यक्ष जोसेपले भने ।
२८ वर्षीय नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ । तर, अध्यक्ष जोसेपले भने नेयमार फर्कने कुरालाई नकारेका छन् ।