एट्लेटिको र सेल्टा भिड्दै
२०२० जुलाई ७, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (मंगलबार) एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।
एट्लेटिकोले सेल्टासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
सेल्टाको मैदानमा एट्लेटिको जित निकाल्दै शीर्ष दुई टोलिसँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
एट्लेटिको ६२ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । सेल्टालाई हराएमा एट्लेटिकोले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दुरी ११ अंकमा झार्नेछ ।
यता, सेल्टा पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
सेल्टा रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ । सेल्टाले ३५ अंक जोडेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा भ्यालेन्सिया र रियल भायाडोलिटबीच खेल हुनेछ ।