युभेन्ट्सलाई मिलानको चुनौती
२०२० जुलाई ७, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा आज (मंगलबार) उपाधि दाबेदार क्लब युभेन्ट्सले एसी मिलानको सामना गर्दैछ ।
लिग लिडर युभेन्ट्सले बलियो टिम मिलानसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
मिलानको मैदानमा युभेन्ट्स जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने लक्ष्यमा हुनेछ ।
युभेन्ट्सले लिगको ३० खेलमा ५७ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको लाजियो भन्दा ७ अंकले अघि रहेको छ ।
मिलानलाई पराजित गरे युभेन्ट्सले १० अंकको अग्रता बनाउनेछ ।
तर, घरेलु टोलीलाई हराउँन युभेन्ट्सलाई कठिन भने हुनेछ ।
मिलान पनि युभेन्ट्सलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । सातौं स्थानको मिलानको ४६ अंक रहेको छ ।