आर्सनल र लेष्टर भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (मंगलबार) विभिन्न तीन खेल हुँदैछ ।
प्रिमियर लिगमा मंगलबार लेष्टर सिटी, आर्सनल, चेल्सी लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
लिगको तेस्रो स्थानमा रहेको लेष्टरले आर्सनलसँग उसैको मैदानमा खेल्नेछ ।
इमिरेट्स स्टेडियममा हुने लेष्टर र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
आर्सनलको मैदानमा लेष्टर जित निकाल्दै आफ्नो शीर्ष तीनको यात्रालाई कायम राख्न चाहन्छ ।
लेष्टरले यस सिजन ३३ खेलमा ५८ अंक जोडेको छ । तर, घरेलु टोलीलाई हराउँन लेष्टरलाई सहज भने छैन ।
आर्सनल पनि घरेलु मैदानमा जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । सातौं स्थानको आर्सनलको ४९ अंक रहेको छ ।
यस्तै चेल्सीले क्रिस्टल प्यालेससँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १०:४५ बजे सुरु हुनेछ ।
चेल्सी क्रिस्टललाई उसैको मैदानमा हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।
चौंथो स्थानको चेल्सीले ५७ अंक जोडेको छ । क्रिस्टललाई हराएमा चेल्सी केहि घण्टाको लागि तेस्रो स्थानमा उक्लनेछ ।
क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा वाट्फोर्ड र नर्विचबीच खेल हुनेछ ।