माल्दिभ्सले सुरु गर्यो राष्ट्रिय फुटबल टिमको तयारी

एजेन्सी । दक्षिण एसियाली मुलुक माल्दिभ्सले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गरेको छ ।
कोरिना भाईरसको महामारीको कारण रोकिएको प्रशिक्षण माल्दिभ्सले सोमबारबाट पुनः सुरु गरेको हो ।
माल्दिभ्स दक्षिण एसियायी मुलुकमा कोरोनापछि प्रशिक्षण सुरु गर्ने दोस्रो राष्ट्र हो । गत साताबाट भुटानले समेत प्रशिक्षण सुरु गरिसकेको छ ।
नेपालले समेत यसै महिनाबाट प्रशिक्षण सुरु गर्ने बताएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षण सुरु गर्ने निर्णय गरेपनी सरकारबाट भने स्वीकृति पाएको छैन ।
भारतले समेत प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको छ । यद्यपि आफ्ना क्रोयसियन प्रशिक्षक स्वदेश बाहिर भएकाले तत्कालको लागि तयारी गरेको छैन ।
आगामी कतार विश्वकप २०२२ र एसियन कप २०२३ चिनको लागि माल्दिभ्सले तयारी सुरु गरेको हो । पहिलो दिनको प्रशिक्षणमा २६ खेलाडी उपस्थित थिए ।
अन्य खेलाडी भने घरमै रहेका कारण टिममा उपलब्ध नभएको माल्दिभ्स फुटबलले जनाएको छ ।
यस्तै संघले खेलाडीको कोरोना टेस्ट पछिमात्रै तयारी गरेको बताएको छ ।
माल्दिभ्सले सन् २००८ र २०१८ मा गरि दुई पटक साफको उपाधि हात पारेको छ ।
विश्वकप छनोटको समूह 'ए' मा रहेको माल्दिभ्सले ५ खेलबाट ६ अंक बटुलेको छ ।
सिरिया, दक्षिण कोरिया, फिलिपिन्स र गुवाम सम्मिलित समूहमा माल्दिभ्स पुछारबाट दोस्रो स्थानमा रहेको छ ।