सेभियाको साँघुरो जित
२०२० जुलाई ७, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले साँघुरो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा इबरलाई १-० ले हराउँदै सेभियाले साँघुरो जित निकालेको हो ।
घरेलु मैदानमा सेभियालाई जित दिलाउन लुकास ओकम्पोसले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा लुकासले निर्णायक गोल गरेका थिए ।
जितसँगै सेभियाले ३४ खेलमा ६० अंक जोडेको छ । सेभिया लिगको चौथो स्थानमा रहेको छ ।
३५ अंक जोडेको इबर १७ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा लेभान्टे र रियल सोसिडाडले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।