एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा ब्राइटनले नर्विच सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा लिन्ड्रो ट्रोसार्डले निर्णायक गोल गरे ।
खेलको २५ औं मिनेटमा ट्रोसार्डले निर्णायक गोल गरेका थिए ।
जितसँगै ब्राइटनले ३३ खेलमा ३६ अंक जोडेको छ । ब्राइटन लिगको १५ औं स्थानमा रहेको छ ।
पराजित नर्विचको २१ अंक रहेको छ । नर्विच लिगको पुछारमा रहेको छ ।
