एजेन्सी । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफु अझै सामान्य प्रशिक्षक भएको बताएका छन् ।
लिभरपुललाई ३० वर्षपछि प्रिमियर लिगको उपाधि दिलाएपछि क्लोपको चर्चा चुलिरहेको छ ।
तर, मिररसँगको एक अन्तर्वार्ता क्लोपले आफु अझै सामान्य प्रशिक्षक भएको बताए ।
'म अझै सामान्यमा एक हुँ । म विशेष हैन,' क्लोपले भने, 'मसँग केहि सीपहरु छन् । जुन फुटबलमा आवश्यक छ । म त्यसलाई मन पराउछु । त्यहिँ हो । म विशेष छैन ।'
सन् २०१५ मा लिभरपुल आएका क्लोपले पाँच वर्षपछि क्लबलाई लिगको उपाधि दिलाएका हुन् ।
लिभरपुलले ३० वर्षपछि उपाधि जितेको हो । यस अघि लिभरपुलले सन् १९८९/९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
यस्तै क्लोपले आफु एक असल मान्छे भएको समेत बताए ।
'मलाई लाग्छ म एक असल मानिस हो । म एक राम्रो केटा हुँ । त्यो भन्दा राम्रो सुनिदैन तर यो सत्य हो,' क्लोपले भने ।
जर्मन प्रशिक्षक क्लोपले गत सिजन लिभरपुल च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि दिलाएका थिए ।