एजेन्सी । लिरो सानेलाई जर्मन क्लब बायर्न म्युनिख बेच्न म्यान्चेष्टर सिटी सहमत भएको छ ।
प्रिमियर लिग क्लब सिटीले सानेलाई करिब ५८ दशमलवल ८ मिलियन पाउण्डमा जर्मन बेच्न सहमत बनेको हो ।
२४ बर्षका साने सन् २०१६ मा साल्केबाट प्रिमियर लिग क्लब सिटी आएका थिए । करिब ३७ मिलियन पाउण्डमा सिटी आएका उनले दुई पटक प्रिमियर लिगको उपाधि समेत जिते ।
गत बर्ष क्लबले तेहरो उपाधि जित्दा साने सिटीका महत्वपूर्ण खेलाडी थिए । तर यस सिजन चोटका कारण साने मैदानमा खासै देखिन पाएनन् ।
सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सानेसंग सिटीको सम्झौता अर्को सिजन सकिने भएकाले सम्झौता नविकरण गर्न चाहेको बताएका थिए । तर सिटीको प्रस्तावलाई सानेले अस्विकार गर्दै आएका थिए ।
रिपोर्ट अनुसार सिटीले सानेलाई बार्षिक २० मिलियन तलब दिन अनिच्छा देखाएको थियो । तर बायर्नले सो प्रस्तावमा सहमती जनाएसंगै साने जर्मन फर्कने निश्चित बनेको हो ।
सानेले बायर्नबाट च्याम्पियन्स लिगको बाँकी खेल खेल्न पाउने छैनन् । उनी अन्तिम खेल खेल्न म्यान्चेष्टर सिटी समेत नफर्कने बताईएको छ ।
क्लबमा राख्न सानेसंग नयाँ सम्झौता गर्नुपर्ने दबाबमा सिटी रहेको थियो । तर जर्मन फर्कन चाहने सानेको चाहनाले समेत नयाँ सम्झौता कठिन बनेको थियो । उनी गत अगष्टमा कम्युनिटी सिल्डको दौरान गम्भिर चोट बोकेका थिए ।
उनी पछिल्लो समय सिटीको टोलीमा समावेश थिए । कोरोनाले अबरुद्ध सिजन पुन सुरु हुदै गर्दा उनी मैदान देखिएका थिए ।
पछिल्लो खेलमा बर्नलीबिरुद्ध प्राप्त ५–० को जितमा उनी अन्तिम ११ मिनेट मैदानमा बिताएका थिए । उनीले सिटीबाट १ सय ९२ खेलमा ५२ गोल गरेका छन् ।