आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

श्रीसंतले केरेलाबाट रणजी ट्रफी खेल्ने

शुक्रबार, ०५ असार २०७७खेलपाटी संवाददाता
श्रीसंतले केरेलाबाट रणजी ट्रफी खेल्ने
Loading ad...
mustang rice ad

एजेन्सी । भारतीय क्रिकेटर शान्ताकुमारन श्रीसंत उत्कृष्ट बलर हुन् । भारतले सन् २००७ को टी-ट्वान्टी विश्वकप जित्दा श्रीसंत मुख्य फास्ट बलरको रूपमा रहेका थिए ।

तर, सन् २०१३ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा म्याच फिक्सिङको आरोप लागेपछि उनी प्रतिबन्धमा छन् ।

भारतीय क्रिकेट बोर्डले उनीसँगै अन्य दुई खेलाडीलाई आजीवन प्रतिबन्ध गरेको थियो । आजीवन प्रतिबन्धपछि श्रीसंतले अदालतमा मुद्दा दर्ता गराएका थिए ।

पछि उनको प्रतिबन्ध ७ वर्षमा घटेको थियो । श्रीसंतको प्रतिबन्ध यही सेप्टेम्बरमा सकिँदै छ ।

फास्ट बलर श्रीसंत सेप्टेम्बरमा प्रतिबन्ध सकिएपछि क्रिकेटमा पुनरागमन गर्ने तयारीमा छन् । प्रतिबन्ध सकिनु अगावै उनी व्यवसायिक क्रिकेटमा पुनरागमन गर्ने पक्का भएको छ ।

श्रीसंत आउने सिजनमा रणजी ट्रफीबाट व्यवसायिक क्रिकेटमा फर्किन लागेका हुन् । उनलाई रणजी ट्रफी टिम केरेलाले आबद्ध गरेको छ ।

'मलाई मौका दिएकोमा म केरेला क्रिकेट प्रति निकै आभारी छु । मेरो फिटनेसमा सुधार गर्दै खेलमा पुनरागमन गर्नेछु,' श्रीसंतले भने, 'अबको समय सबै विवादलाई आराम दिने बेला हो ।'

यस्तै केरेलाका प्रशिक्षक तिनु योहानालेश्रीसंतको आगमनले टिममा थप उर्जा मिल्ने र टिम बलियो बनेको बताएका छन् ।

३७ वर्षे श्रसंतले भारतको लागि २७ टेष्ट, ५३ एकदिवसीय र १० टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।

यस अघि उनले आफ्नो प्रतिबन्धबारे दुःख पोखेका थिए ।

उनले आफु विगत ६ वर्ष ६ महिनाबाट लकडाउनमा रहेको बताएका थिए ।

'हेर्नुस, सबैजना गत महिनाबाट लकडाउनमा छन् तर म ६ वर्ष ६ महिनाबाट व्यवसायिक रुपमा लकडाउनमा छु,' श्रीसंतले भने, 'यस समय म कामसँग सम्बन्धित फिल्म, टिभी शो हेर्ने गर्छु । तर जुन खेललाई मैले माया गर्छु त्यो म बाट टाढा लगियो । यो म संग थिएन ।'

श्रीसंतले क्रिकेटबाट टाढा हुँदा केही फिल्ममा अभिनय गरेका थिए । यस्तै एक टेलिभिजन शो बिगबोसमा उपविजेता बनेका थिए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित