एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा आज (बिहीबार) दुई खेल हुँदैछ ।
ला लिगामा बिहीबार उपाधि दाबेदार रियल मड्रिडले भ्यालेन्सियाको सामना गर्नेछ ।
रियलको अस्थायी मैदान अल्फ्रेडो डी स्टेफानो मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ ।
भ्यालेन्सियाविरुद्ध मैदान उत्रदा रियल जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी घटाउने योजनामा हुनेछ ।
दोस्रो स्थानको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । रियल बार्सिलोना भन्दा ५ अंकले पछि रहेको छ ।
भ्यालेन्सियालाई पराजित गरे रियलले बार्सिलोनासँगको अंक दुरी २ मा झार्ने छ ।
भ्यालेन्सिया पनि रियललाई पराजित गर्दै शीर्ष टोलीसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।
४३ अंक जोडेको भ्यालेन्सिया आठौं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा डिपोर्टिभो अल्भेस र रियल सोसीडाडबीच खेल हुनेछ ।