एजेन्सी । उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-१९ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरिएको छ ।
एसियन फुटबल फेडेरेसनले बिहीबार १६ टिम सहभागी च्याम्पियनसिपको 'ड्र' सार्वजनिक गरेको हो ।
एएफसीले सहभागी टोलीलाई चार समूहमा विभाजन गरेको छ ।
समूह 'ए' आयोजक उज्वेकिस्तान, इन्डोनेसिया, कम्बोडिया र इरान रहेका छन् ।
यस्तै 'बी' मा दक्षिण कोरिया, जापान, इराक र बहराईन रहदा समूह 'सी' मा अष्ट्रेलिया, साउदी अरेबिया, भियतनाम र लाओस रहेका छन् ।
समूह 'डी' मा कतार, ताजकिस्तान, मलेसिया र यमन रहेका छन् ।
च्याम्पियनसिप अक्टोबर १४ देखि ३१ सम्म आयोजना हुनेछ ।