काठमाडौं । नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको जनाएको छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त राज थापा, चेतन घिमिरे, संकटाका पूर्व प्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राईले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको छ ।
यस्तै आर्मीका चुन बहादुर थापा र जापानमा रहेका बसन्त गौचनले एएफसी 'ए' लाइसेन्स प्रो प्राप्त गरेका छन् । उनीहरु लिखित परिक्षामा फेल भएपछि एएफसी 'ए' लाइसेन्स प्रो भएका हुन् । उनीहरुले पुन: लिखित परिक्षा दिन पाउने छन् ।

एएफसीले गत २०१९ डिसेम्वर १ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा कोचिङ कोर्सको आयोजना गरेको थियो ।
कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए ।
कोचिङ कोर्सलाई एएफसीका इन्सट्रक्टर भारतीय साभियो पिडाडी मेडिइराले सहजीकरण गरेका थिए ।