एजेन्सी । बहराईनमा आयोजना हुने एएफसी यू-१६ च्याम्पियनसिप फुटबलको समूह विभाजन गरिएको छ ।
एसियन फुटबल फेडेरेसनले बिहीबार १६ टिमलाई चार समूहमा विभाजन गरेको हो ।
समूह 'ए' आयोजक बहराईन, इरान, उत्तर कोरिया र कतार रहेका छन् ।
यस्तै 'बी' मा ताजकिस्तान, ओमान, युएई र यमन रहदा समूह 'सी' मा दक्षिण कोरिया, अष्ट्रेलिया, भारत र उज्वेकिस्तान रहेका छन् ।
समूह 'डी' मा जापान, इन्डोनेसिया,साउदी अरेबिया र चीन रहेका छन् ।
च्याम्पियनसिप आगामी सेप्टेम्बर १६ बाट अक्टोबर ३ सम्म हुनेछ ।