एजेन्सी । रोनाल्डोले आफ्नो फुटबल करियरमा लगातार दोस्रो पटक फाईनल खेलमा हार ब्यहोरेका छन् ।
बुधबार नापोलीसंग हार ब्यहोरेसंगै रोनाल्डोले करियरमा पहिलो पटक लगातार दुई फाईनलमा पराजित बनेका हुन् ।
निर्धारित समयको खेल नापोलीसंग बराबरी खेलेको युभेन्ट्सले पेनाल्टी सुटआउटमा उपाधि गुमाएको थियो ।
युभेन्ट्सका पाउलो ड्याबाला र डानिलो पेनाल्टी सुटआउटमा असफल भएका थिए ।

रोनाल्डोले फाईनल खेल अवधिभर मैदानमा बिताएका थिए । उनले पोष्टलाई लक्षित गर्दै तीन प्रहार समेत गरेका थिए । तर पेनाल्टी सुटआउटमा उनले प्रहार गर्न पाएनन् । उनको पालो आउनु अघिनै गेनारो गट्टुसोको नेतृत्वको नापोलीले उपाधि जितेको थियो ।
गत वर्ष फाईनलमा रोनाल्डो प्रेरित युभेन्ट्सले सुपर कोपा ईटालियन कप लाजियोसंग गुमाएको थियो । मौरिजियो सर्री नेतृत्वको युभेन्ट्स समेत लगातार दोस्रो पटक फाईनल खेलमा पराजित बनेको हो ।
रोनाल्डोले आफ्नो शानदार फुटबल करियरमा घरेलु र महादेशीय प्रतियोगिताको फाईनल खेलेका छन् । तर, ३५ वर्षीय रोनाल्डो लगातार दुई फाईनल खेल हारेका थिएनन् ।

पछिल्ला ११ वर्षमा पहिलो पटक कोपा ईटालियाको फाईनलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो । नापोलीले फुटबल ईतिहासमा ६ पटक उपाधि उचालेको छ । मात्र चार टिमले नापोली भन्दा बढी पटक उपाधि जितेका छन् ।
नापोलीले स्पेनिस महारथी क्लबलाई न्युट्रल भेन्युमा तेस्रो पटक स्तब्ध बनाएको हो । उसले सन् २०११–१२ को को ईटालिया र सन् २०१४–१५ को सुपर कोपामा समेत युभेन्ट्सलाई हराएको थियो ।
कोपा ईटालियाको समापनसंगै शनिबारबाट ईटालियन सिरि ए फुटबल सुरु हुदैछ । कोरोनाले स्थगित लिग पुन सुरु हुदै गर्दा टोरिनोले पर्मासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछन् ।
युभेन्ट्सले आफ्नो पहिलो खेलमा बोलोग्नासंग जुन २२ मा खेल्नेछ ।
सर्री नेतृत्वको युभेन्ट्सले सिरि एमा दोस्रो स्थानको लाजियोसंग एक अंकको अग्रता लिएको छ । नापोली लिगको छैटौ स्थानमा रहेको छ ।
कोपा ईटालिया जितेसंगै नापोलीले युरोपा लिगमा स्थान सुरक्षित गरेको छ । तर नापोली च्याम्पियन्स लिगमा स्थान बनाउन अझै ९ अंकले पछाडी छ । लिगमा अब मात्र १२ खेल बाँकी रहेको छ ।