एस्टन र सेफिल्डको बराबरी
२०२० जुन १७, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
कोरोनाको कारण स्थगित लिग सुचारुको पहिलो खेलमा एस्टन र सेफिल्डले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
एस्टनको मैदानमा भएको खेलमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।
बराबरीसँगै २६ अंक जोडेको एस्टन रेलिगेसन क्षेत्रमा रहेको छ । एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
४४ अंक जोडेको सेफिल्ड छैटौं स्थानमा रहेको छ ।
कोरोनाको कारण प्रिमियर लिग स्थगित भएको १०० दिनपछि सुचारु भएको हो ।