एजेन्सी । कोरोना भाईरसको कारण स्थगित यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग फुटबल सुचारुपछि पाँच खेलाडी परिवर्तन (सब्सिच्युड) गर्न पाइने भएको छ ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) को बुधबार बसेको बैठकले दुवै लिग सुचारुपछि पाँच खेलाडी सब्सिच्युड गर्न दिने निर्णय गरेको हो ।
कोरोनाले लामो समय मैदान बाहिर रहेका खेलाडीलाई पुन: मैदान फर्कदा कठिन हुने भएको कारण यूईएफएले खेलाडी परिवर्तनको संख्यालाई बढाउने निर्णय गरेको हो ।
यस्तै दुवै प्रतियोगिताको बाँकी खेलका लागि थप ३ नयाँ खेलाडी दर्ता गर्न पाउने छन् ।
यस अघि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई सहयोग पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न अनुमति दिएको थियो ।
च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु भएर २३ मा सकिनेछ ।
युरोपा लिग अगष्ट १० बाट सुचारु भएर २१ मा सकिनेछ ।