एजेन्सी । कोरोना भाईरसको महामारीको कारण स्थगित च्याम्पियन्स लिग फुटबल अगष्ट ७ बाट सुचारु हुने भएको छ ।
युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले बुधबार च्याम्पियन्स लिग अगष्ट ७ बाट सुचारु गर्ने निर्णय गरेको हो ।
कोरोनाको कारण गत मार्चबाट च्याम्पियन्स लिग स्थगित गरिएको थियो । अन्तिम १६ का खेलहरु चलिरहदा लिग स्थगित भएको थियो ।
अन्तिम १६ को दोस्रो लेगको खेल स्थल भने तय भएको छैन ।
तर, यूएईएफएले क्वाटरफाइनल पछिका खेल पोर्चुगलको लिस्बनमा १२ दिन भित्र सक्ने जनाएको छ । फाइनल खेल अगष्ट २३ मा हुनेछ ।
च्याम्पियन्स लिगको क्वाटरफाइनल पछिका खेलहरु एक लेगको हुनेछ । सम्पूर्ण खेलहरु बन्द रंगशालामा हुनेछ ।
यूएईएफले सन् २०२१ को फाइनल खेल इस्तानबुल, २०२२ को सेट-पिटर्सवर्ग, २०२३ को म्युनिख र २०२४ को लण्डनमा आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तै युरोपा लिग जर्मनीमा हुनेछ । युरोपा लिगको फाइनल अगष्ट २१ मा हुनेछ ।
