एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बायार लेवरकुसनका केइ हाभेर्ट्ज प्लेयर अफ दि मन्थ घोषित भएका छन् ।
कोरोना भाईरसले स्थगित लिग सुचारु भएको मे महिनामा हाभेर्ट्ज प्लेयर अफ दि मन्थ चुनिएका हुन् ।
लेवरकुसनका युवा स्टार हाभेर्ट्जले मे महिनामा ४ खेलमा ५ गोल गरेका थिए ।
हाभेर्ट्जले गत साता लिगमा ३५ गोल पुरा गर्दै कम उमेरमा यस सफलता हात पार्ने पहिलो खेलाडी बनेका थिए ।
जर्मनीका युवा फरवार्ड हाभेर्ट्ज यस सिजनको ट्रान्सफर विन्डोमा सर्वाधिक चर्चा पाउने खेलाडी हुन् ।
इंग्लिस क्लबसँग जोडिएका उनी बायर्न म्युनिख जाने बताईएको छ ।
