म्यानुएलको गोलमा भिया रियलको जित
शनिबार, ३१ जेठ २०७७खेलपाटी संवाददाता
एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा भिया रियलले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा भिया रियलले सेल्टा भिगोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
सेल्टाको मैदानमा भिया रियललाई जित दिलाउन म्यानुएल ट्रिगेरोसले निर्णायक गोल गरे ।
म्यानुएलले खेलको इन्जुरी समयमा गरेको गोल भिया रियलको जितमा निर्णायक बनेको थियो ।
साँघुरो जितसँगै भिया रियल लिगको आठौं स्थानमा उक्लिएको छ । भिया रियलले २८ खेलमा ४१ अंक जोडेको छ ।
२६ अंक जोडेको सेल्टा रेलिगेसन क्षेत्र भन्दा एक स्थान माथि रहेको छ ।






-1766493993239.jpg&w=3840&q=75)
-1766460697450.webp&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)



