एजेन्सी । कोरोना भाईरसको महामारीबीच सुचारु स्पेनिस ला लिगा फुटबलमा पुछारमा रहेको स्पानियोलले सहज जित निकालेको छ ।
शनिबार भएको स्पानियोलले १० खेलाडीमा सिमित डिपोर्टिभो अल्भेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा स्पानियोललाई जित दिलाउन बेर्नार्डो र ली वुले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा फर्नान्डो पाचेकोले रातो कार्ड पाएपछि अल्भेस १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा स्पानियोलले उठायो ।
खेलको ४५ औं मिनेटमा बेर्नार्डोले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ४७ औं मिनेटमा लीले गोल गर्दै स्पानियोललाई सहज जित दिलाए ।
घरेलु मैदानमा जित निकालेपनि स्पानियोल लिगको पुछारमा रहेको छ ।
रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको स्पानियोलले २८ खेलबाट २३ अंक जोडेको छ ।
अल्भेस ३२ अंक जोडेर २८ औं स्थानमा रहेको छ ।
