एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल वुल्भ्सका मिडफिल्डर रुबेन नेभेस अनुबन्ध गर्ने तयारी गरेको छ ।
पोर्चुगिज मिडफिल्डरका लागि लिभरपुल महँगो मूल्य तिर्न तयार भएको इंग्लिस पत्रिका द सनले जनाएको छ ।
२३ वर्षे रुबेनले यस सिजन वुल्भ्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । जसको कारण योर्गेन क्लोप रुबेनलाई एनफिल्ड ल्याउन चाहेको सनले जनाएको छ ।
त्यस्तै सनले वुल्भ्सकै २४ वर्षे विंगर आडमा ट्राओरेलाई पनि अनुबन्ध गर्न चाहेको बताएको छ ।
लिभरपुलले दुवै खेलाडी किन्न १ सय १० मिलियन पाउण्ड खर्च गर्न तयार भएको बताईएको छ ।
लिभरपुल रुबेनका लागि ५० मिलियन र ट्राओरेका लागि ६० मिलियन खर्च गर्न तयार भएको बताईएको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । ३० वर्षपछि लिभरपुल उपाधि नजिक पुगेको हो ।
म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल दुई जितले च्याम्पियन बन्नेछ ।