एजेन्सी । कोपा इटालिया फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको दोस्रो लेग खेल आज (शनिबार) हुँदैछ ।
दोस्रो सेमिफाइनलमा नापोली र इन्टर मिलानबीच प्रतिस्पर्धा हुनेछ । नापोलीको मैदानमा हुने खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।
दोस्रो लेगका लागि मैदान उत्रदा दुवै टिम जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । त्यसैले दुई बलिया टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
पहिलो लेगमा नापोलीले १-० को अग्रता लिएको छ । जसको कारण घरेलु टिमलाई केहि सहज हुनेछ ।
फाइनलमा पुग्न नापोलीलाई बराबरीले पुग्नेछ । तर, इन्टरलाई दुई गोल भन्दा बढी अन्तरको जितको विकल्प छैन । त्यसैले इन्टर नापोलीलाई हराउने लक्ष्यमा हुनेछ ।
कोरोना भाईरसको महामारीपछि दुवै टिम पहिलो पटक मैदान उत्रन लागेका हुन् । तीन महिनापछि दुई टिमले पहिलो पटक खेल्न लागेका हुन् ।
गत मार्चबाट इटालीमा फुटबल गतिविधि स्थगित गरिएको थियो । तर, कोरोनाको महामारी कम हुँदै गएपछि इटालीमा यसै साताबाट फुटबल फर्किएको हो ।
यस खेलको विजेताले फाइनलमा युभेन्ट्ससँग खेल्नेछ ।
युभेन्ट्स एसी मिलानलाई अवे गोलको आधारमा पराजित गर्दै फाइनल पुगिसकेको छ ।