एजेन्सी । इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर पेड्रो चिरिभेलाले क्लब छाड्ने भएका छन् ।
स्पेनिस मिडफिल्डर पेड्रो लिभरपुल छाडेर फ्रेन्च क्लब नान्टेस जाने भएका छन् ।
लिभरपुलसँग पेड्रोको सम्झौता जुनको अन्तिममा सकिनेछ । सम्झौता सकिएपछि उनी फ्रान्स जाने छन् ।
२३ वर्षे पेड्रोले नान्टेससँग तीन वर्षको सम्झौता गर्ने बताईएको छ ।
नान्टेसले सामाजिक संजालबाट पेड्रोलाई स्वागत समेत गरिसकेको छ ।
लिभरपुलमा ७ वर्ष बिताएका उनले सिनियर टिमबाट ११ खेल खेलेका छन् ।
लिभरपुलको युथ टिमका कप्तान रहिसकेका पेड्रो पछिल्लो सिजन विभिन्न क्लबबाट लोनमा खेल्दै आईरहेका थिए ।
लिभरपुलले उनलाई पाँच वर्षको नयाँ सम्झौताको प्रस्ताव अघि सारेको थियो । तर, उनले फ्रेन्च क्लब जाने निर्णय गरेका हुन् ।