एजेन्सी । इंग्लिस क्लब टोटनहमका फरवार्ड सन ह्युङ मिनले सैनिक तालिम निकै कठिन भएको बताएका छन् ।
टोटनहमको वेबसाइटसँग कुरा गर्दै सनले सैनिक तालिम कठिन भएपनि आफुले त्यसको आनन्द उठाएको बताएका हुन् ।
दक्षिण कोरियाका स्ट्राइकर सनले गत वैशाखमा आफ्नो देशमा तीन साताको सैनिक तालिम लिएका थिए ।
सैनिक तालिममा उत्कृष्ट बनेका उनलाई सेनामा भर्ना पनि गरिएको थियो ।
'यो राम्रो अनुभव थियो । सबै कुरा भन्न सक्दिन तर रमाइलो गरे । त्यहाँका साथीहरु राम्रा थिए । तीन हप्ता कठिन थियो तर रमाइलो गर्न खोजे ।' सनले भने ।

दक्षिण कोरियामा शारीरिक रूपमा स्वस्थ सबै पुरुषले दुई वर्षको सैनिक तालिम अनिवार्य लिनै पर्ने प्रावधान छ ।
तर, सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा स्वर्ण जितेका कारण सनको तालिम घटेको हो ।
'मलाई थाहा छैन मानिसले कस्तो अनुभव गर्छ । तर, मेरो लागि ३ हप्ता लामो भयो । यो राम्रो अनुभव भयो । मैले रमाइलो गरे ।' सनले थपे ।
सैनिक तालिम पुरा गरेपनि २७ वर्षीय सनले अब पाँच सय घण्टा सामुदायिक सेवा भने गर्नु पर्नेछ ।