एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको ६ खेल न्युट्रल भेन्युमा हुने भएको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि ६ खेल न्युट्रल भेन्युमा हुने भएको हो ।
प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ । र, लिग सुचारुपछि इंग्ल्यान्डको प्रहरीको आग्रहमा ६ खेल न्युट्रल भेन्युमा हुने बीबीसीले जनाएको छ ।
न्युट्रल भेन्युमा हुने खेलमा लिभरपुलले उपाधि सुरक्षित गर्न सक्ने खेल पनि रहेको छ ।
लिभरपुलले खेल्ने तीन खेल न्युट्रल भेन्युमा हुनेछ । जसमा म्यानचेस्टर सिटी, न्युकासल र एभर्टनसँगको खेल रहेको छ ।
यस सिजन उपाधि नजिक रहेको लिभरपुललाई उपाधि जित्न दुई खेल आवश्यक रहेको छ । यस्तोमा एभर्टनसंगको मर्सीसाइड डर्बी खेलपछि लिभरपुलले उपाधि जित्ने अनुमान गरिएको छ ।
यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
यस्तै म्यानचेस्टर सिटी र न्युकासल तथा म्यानचेस्टर युनाइटेड र शेफिल्ड युनाइटेडबीचको खेल समेत न्युट्रल भेन्युमा हुनेछ ।