एजेन्सी । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाच र वायर लिभरकुसेनबीच प्रतिस्पर्धा भएको थियो ।
मोन्चेनग्लाडवाचको मैदानमा भएको खेलमा लिभरकुसेनले ३-१ को जित निकालेको थियो ।
लिभरकुसेनका लागि केइ हार्भटेजले दुई गोल गर्दा स्भन बेन्डरले एक गोल गरेका थिए । घरेलु टोलीका मार्कुस थुरामले एक गोल फर्काए ।
कोरोना भाईरसको महामारीबीच सुचारु लिगको त्यस खेल समेत बन्द रंगाशालामा खेलाईएको थियो ।


तर, घरेलु टोली मोन्चेनग्लाडवाचले १३ हजार समर्थक मैदान उतारेको थियो ।
मोन्चेनग्लाडवाचले आफ्ना खेलाडीको समर्थनका लागि १३ हजार दर्शक राखेको थियो । तर, सबै निर्जीव दर्शक । अर्थात् कार्टुनको दर्शक ।
घरेलु टोलीलाई समर्थकको कमी नहोस् भनेर क्लबले १३ हजार कार्ड बोर्डमा मान्छेको आकृति बनाएर दर्शक बस्ने सिटमा राखेको थियो । तरपनि, घरेलु टोलीले हार व्यहोरेको थियो।

कोरोनाको महामारीको कारण सुचारु लिगमा दर्शकलाई मैदानमा प्रवेश निषेध गरिएको छ । खेलहरु दर्शकबिना भईरहेको छ ।
केहि क्लबले भने कार्टुनको दर्शक बनाएर राखिरहेका छन् ।
