एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले बुधबारबाट टिमको प्रशिक्षण सुरु गरेको छ ।
कोरोना भाईरसको महामारीपछि स्थगित टिमको प्रशिक्षण लिभरपुलले बुधबारबाट मिलउड ट्रेनिङ सेन्टरमा सुचारु गरेको हो ।
करिब दुई महिनापछि प्रशिक्षणमा फर्कदा खेलाडी र प्रशिक्षकले अनौठो अनुभव गरेका थिए ।
मुख्य प्रशिक्षक योर्गेन क्लोपले प्रशिक्षणमा फर्कदा आफुलाई पहिलो दिन स्कुल गए जस्तो अनुभव भएको बताए ।
'म सामान्य भन्दा पहिले उठे र त्यसपछि मैले महसुस गरे कि यो मेरो पहिलो दिन हो' क्लोपले क्लबको वेबसाइटलाई भने भने, 'पहिलो दिन स्कुल गए जस्तै लाग्यो। त्यो ४६ वर्ष पहिले थियो तर त्यस्तै लाग्यो ।'
प्रिमियर लिगले मंगलबारबाट क्लबलाई सानो समूह बनाएर प्रशिक्षणका लागि अनुमति दिएको थियो । प्रिमियर लिगको अनुमतिसँगै क्लबहरुले प्रशिक्षण सुरु गरिसकेका छन् ।
'मैले फेरी आफ्नो पोशाक लगाएको थियो । कारण ट्रेनिङ जानका लागि,' क्लोपले थपे ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ ।
प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।