एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले सेनेगलका फरवार्ड साडियो माने अनुबन्धको तयारी थालेको छ ।
फ्रेन्च अनलाईन ली टेन स्पोर्ट्सले रियलले माने अनुबन्धको तयारी थालेको जनाएको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पे अनुबन्धको प्रयास असफल हुने देखेपछि रियलले लिभरपुलका मानेमा नजर लगाएको टेन स्पोर्ट्सले दाबी गरेको छ ।
पछिल्लो समय रियलले फ्रेन्च स्टार एमबाप्पे अनुबन्धको लागि कोशिस गरिरहेको छ । तर, रियल एमबाप्पे अनुबन्धका लागि असफल भईरहेको छ ।
रियलले एमबाप्पेको लागि आगामी वर्षसम्म पर्खने तर अनुबन्ध गर्न असफल भएमा मानेलाई पहिलो प्राथमिकतामा राखेको टेन स्पोर्ट्सको दाबी छ ।
एमबाप्पेको पीएसजीसँगको सम्झौता सन् २०२२ मा सकिदैछ ।
यस सिजन मानेले लिभरपुलमा उत्कृष्ट खेलिरहेका छन् । २६ प्रिमियर लिग खेलमा मानेले १४ गोल गर्दा ७ गोलका लागि पास उपलब्ध गरेका छन् ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ ।
गत सिजन लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।