एजेन्सी । दक्षिण कोरियाको शीर्ष डिभिजन लिग के लिगले दर्शक बस्ने सिटमा 'सेक्स डल' राख्ने क्लब एफसी सोललाई जरिवाना गरेको छ ।
के लिगले सोललाई १ सय मिलियन वन (६६ हजार ५ सय पाउण्ड) जरिवाना गरेको हो ।
कोरियन के लिग अन्तर्गत आइतबार ग्वान्जुविरुद्धको होम खेलमा सोलले दर्शक बस्ने सिटमा सेक्स डल राखेको थियो ।
कोरोना भाईरसको महामारीपछि के लिग दर्शक बिना बन्द रंगशालामा भईरहेको छ । तर, सोलले भने दर्शकको अभाव मेट्न भन्दै सेक्स डल दर्शक बस्ने स्थानमा राखेको थियो ।
घरेलु मैदानमा १-० को जित निकालेको खेलमा सोलले २८ महिला र २ पुरुष सेक्स डल राखेको थियो ।
तर, चौतर्फी विरोध भएपछि क्लबले गल्ती भएको भन्दै पछि माफी मागेको थियो ।
के लिगले क्लबको उक्त कार्यले महिला र पारिवारिक सदस्यहरुलाई चोट पुगेको बताएको छ ।

