इंग्ल्यान्डका क्रिकेटर अर्को साताबाट प्रशिक्षणमा
बिहिबार, ०१ जेठ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय क्रिकेट टिमका खेलाडीले अर्को साताबाट प्रशिक्षण थाल्ने भएको छ ।
इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका खेलाडीले अर्को साताबाट व्यक्तिगत प्रशिक्षण थाल्ने जनाएको छ ।
बोर्डले सोमबारबाट बलरहरुले प्रशिक्षण गर्ने तर ब्याट्सम्यानहरुले भने जुन १ बाट प्रशिक्षण गर्ने जनाएको छ ।
कोरोना भाईरसको महामारीपछि मार्चबाट खेलाडीको प्रशिक्षण रोकिएको थियो ।
कोरोनाको कारण बोर्डले आगामी जुलाई १ सम्म क्रिकेट गतिविधिमा रोक लगाएको छ ।
यस्तै सरकारले आगामी जुन १ सम्म सम्पूर्ण खेलकुद गतिविधि बन्द गरेको छ ।






-1769086635000.jpeg&w=3840&q=75)


-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)
-1769105615143.webp&w=3840&q=75)



