एजेन्सी । इटालियन सिरी ए क्लब एट्लान्टाला आन्द्रे रिनाल्दीको १९ वर्षको उमेरमा निधन भएको छ ।
रिनाल्दीको ब्रेन एन्यूरिज्मको कारण सोमबार निधन भएको हो ।
कोरोना भाईरसको कारण सरकारले गरेको लकडाउनको कारण घरमै ट्रेनिङ गरिरहदा उनको ब्रेन एन्यूरिज्म भएर निधन भएको हो ।
युवा खेलाडी रिनाल्दी यस सिजन लेग्नानोबाट लोनमा खेलिरहेका थिए ।
रिनाल्दी १३ वर्षको उमेरबाट एट्लान्टामा रहेका थिए । उनले यू-१७ लिग र सुपर कप जितेका थिए ।
