एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर सिटीका डिफेन्डर केली वाल्करले लकडाउन उलंघन गरेकोमा समर्थकसँग माफी मागेका छन् ।
कोरोना भाईरसको महामारीपछि सरकारले लगाएको लकडाउन दुई पटक उलंघन गरेपछि वाल्कर आलोचित बनेका थिए ।
वाल्करले सिटीका प्रशिक्षक पेप ग्वार्डीवाला, समर्थक र क्लबका डिरेक्टरलाई पत्र लेख्दै माफी मागेको डेलीमेलले जनाएको छ ।
यस अघि वाल्करले लकडाउन उलंघन नगरेको बताउदै आएका थिए । यस्तै त्यस समाचारले आफु र परिवारलाई पीडा दिएको समेत बताएका थिए ।
इन्ग्लिश डिफेन्डर केलीले लकडाउनको समय घरमा पार्टीको आयोजना गरेको खुलासा भएको थियो ।
यस्तै पछिल्लो पटक आफ्नो परिवार र बहिनीलाई भेट्न सेफिल्ड गएपछि वाल्कर पुन: विवादमा आएका थिए ।
लकडाउन उलंघन स्वीकार गर्दै माफी मागेपछि क्लबले २९ वर्षे डिफेन्डरलाई कारबाही नगर्ने समेत बताईएको छ ।