एजेन्सी । जर्मनीका डिफेन्डर लुकास क्लोस्टरमानले आरबी लिपजिगसँगको सम्झौतामा नवीकरण गरेका छन् ।
डिफेन्डर लुकासले बुन्डेस लिगा क्लब लिपजिगसँगको सम्झौतामा शुक्रबार नवीकरण गरेका हुन् ।
सम्झौतासँगै लुकास सन् २०२४ सम्म लिपजिगमा रहने छन् ।
'मेरो सम्झौता नवीकरण गरेकोमा क्लबसँग आभारी छु । म यहाँ विगत ६ वर्षबाट रहेको छु । मैले यहाँ व्यक्तिगत र खेलाडीको व्यक्तित्व विकास गरेको छु । फर्केर हेर्दा म निकै सफल भएको छु,' सम्झौतापछि लुकासले भनेका छन् ।
लुकास सन् २०१४ मा क्लब आएका थिए । जतिबेला लिपजिग दोस्रो डिभिजनको लिगमा रहेको थियो ।
२३ वर्षीय लुकासले लिपजिगका लागि १५९ खेलमा ११ गोल गरेका छन् ।
यस सिजन लुकासले ३३ खेल खेलेका छन् ।
कोरोना भाईरसको महामारीको कारण स्थगित बुन्डेस लिगा सुचारु अघि क्लबले लुकाससँग सम्झौता गरेको हो । बुन्डेस लिगा मे १६ बाट सुचारु हुनेछ ।