फुटबल छाडेर फायर फाइटर !

एजेन्सी । फायर फाइटर बन्नका लागि इंग्ल्यान्डकी फुटबलर पेगी विलियम्सले फुटबल खेल छाडेकी छिन् ।
इंग्ल्यान्डको यू-२३ टोलीका पूर्व डिफेन्डर विलियम्सले फुटबल छाडेर मर्सीसाइड फायर एण्ड रेस्क्यु सर्भिसमा काम सुरु गरेकी हुन्।
इटालियन क्लब ब्रेसियाबाट सिरी ए र कोपा इटालियाको उपाधि जितिसकेकी डिफेन्डर विलियम्सले पछिल्लो समय क्लब विहीन बन्दै गएपछि फुटबल छाडेर फायर फाइटर बन्ने निर्णय गरेकी हुन् ।
२५ वर्षे डिफेन्डर विलियम्स गत सिजन बिर्मिनघम सिटीसँगको नयाँ सम्झौता गर्न असफल भएकी थिईन् । यस्तै रियल मड्रिड सरुवा समेत रोकिएको थियो ।
'गत समर मेरोलागि खराब समय थियो,' बीबीसीसँग उनले भनिन्, 'यो सबै संकेतहरु मलाई फुटबलबाट टाढा राख्नका लागि जस्तै थियो।'
एभर्टनका पूर्व डिफेन्डर समेत रहेकी विलियम्सले इंग्ल्यान्डको सबै उमेर समूहबाट खेलिसकेकी थिईन । तर, राष्ट्रिय टिमबाट भने खेल्न पाएकी थिईनन् ।
यस्तै उनले फुटबल नहुँदा आफुसँग केहि नभएको कारण परिवारसँगको सल्लाहपछि फायर फाइटर पेशा छनोट गरेको बताईन् ।
'मैले कहिल्यै ठुलो रकम कमाएको छैन त्यसैले मसँग बचत छैन। मसँग घर छैन, मसँग त्यस्तो धेरै योग्यता छैन,' उनले भनिन्, 'अरू केमा राम्रो हुने थियो ? मेरो आमाले आगो सेवा सुझाव दिनुभयो।'