एजेन्सी । इंग्लिस क्लब टोटेनहमका मिडफिल्डर ह्यारी विंक्सले प्रिमियर लिगका अधिकांस खेलाडी बन्द रंगशालामा खेल्ने योजनाको विपक्षमा रहेको बताएका छन् ।
प्रिमियर लिगले कोरोना भाईरसको कारण स्थगित लिगको बाँकी खेल दर्शक बिना बन्द रंगशालामा खेलाउने तयारी गरेको छ ।
तर, मिडफिल्डर ह्यारीले भने खेलाडीहरु बन्द रंगशालाको विपक्षमा रहेको दाबी गरेका छन् ।
'यो अवश्य पनि सम्भव छ र यो हुन सक्छ। तर, प्रिमियर लिग खेलाडीले यो नचाहेको छ,' बीबीसी रेडियोसँग ह्यारीले भने ।
कोरोना भाईरसको महामारीको संक्रमण थप फैलिनबाट जोगिन् प्रिमियर लिगले बाँकी खेल बन्द रंगशालामा खेलाउने तयारी गरेको हो ।
यस्तै लिगले न्युट्रल भेन्युमा खेलाउने तयारी समेत गरिरहेको छ ।
'त्यहाँ समर्थकहरु नभए अनौठो स्थिति हुन्छ । यदि तपाइँ दर्शकको हल्ला सुन्नु हुन्न र दर्शक हुन्न त्यहाँ अनौठो स्थिति हुनेछ,' इंग्ल्यान्ड मिडफिल्डर ह्यारीले भने ।
प्रिमियर लिग क्लबले यस सिजन सुचारुको अनुमानित मिति जुन १२ लाई राखेको छ । तर, अब सरकारले बनाउने लकडाउन नीतिमा भर पर्ने बताईएको छ ।
यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ । यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।