एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई हप्ताको क्वारेन्टाईन (एकान्तवास) सुरु गरेका छन् । ईटाली फर्कने बित्तिकै युभेन्ट्सका स्टार रोनाल्डोले दुई हप्ताको एकान्तवास सुरु गरेका हुन् ।
कोरोना भाईरसको संक्रमणले ईटाली प्रभावित बन्दा रोनाल्डोले करिब दुई हप्ता आफ्नो मुलथलो मदीरामा बिताएका थिए । देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए ।
रोनाल्डो मे १८ मा मैदान फर्कने अपेक्षा गरिएको छ । क्लबले सोही समय आन्तरिक रुपमा अभ्यास पुन सुरु गर्ने तयारी गरेको छ ।
ईटालीको सरकारले मे ४ बाट प्रशिक्षण सुरु गर्ने अनुमती प्रदान गरेको थियो । सोही कारण युभेन्ट्सले समेत आफ्ना विदेशी खेलाडीलाई स्वदेश फर्कन आग्रह गरेको थियो । कोरोनाले अवस्था जटिल बनेपनि धेरै विदेशी खेलाडीले ईटाली छाडेका थिए ।
पुन ईटाली फर्कने खेलाडीले प्रशिक्षण सुरु गर्नुअघि दुई हप्ता एकान्तवास बस्नुपर्ने बताईएको छ ।
३५ बर्षिया रोनाल्डो परिवार सहित टुरिन फर्कने क्रममा उनका धेरै साथीले युभेन्ट्सको अभ्यास स्थलमा कोरोनाको परिक्षण गरिएका थिए ।
चोटबाट मुक्त हुने क्रममा रहेका आरोन राम्सी, फेडेरिको बर्नार्डेस्की, जुआन कुआड्राडो, कार्लो पिन्सोग्लियो र मेरिह डेमिरलको परिक्षण गरिएको थियो ।
खेलाडीले सामाजिक दुरी कायम राख्दै प्रशिक्षणमा सहभागी हुनेछन् । सिरि एका अधिकांश क्लबले सिजन पुन सुरु हुनुपर्ने पक्षमा मतदान गरेका थिए ।
अवस्था सामान्यतर्फ उन्मुख भएपछि ईटालीमा फुटबल गतिविधि पुन सुरु हुन लागेको हो ।