एजेन्सी । इंग्लिस क्लब वुल्भ्सले अर्को साताबाट टिमको प्रशिक्षण सुचारु गर्ने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण स्थगित टिमको प्रशिक्षण मे ११ बाट सुरु गर्ने वुल्भ्सले जनाएको छ ।
वुल्भ्सको ट्रेनिङ सेन्टर द सर ज्याक ह्यावार्ड ट्रेनिङ मैदानमा प्रशिक्षण गर्ने जनाएको छ ।
वुल्भ्सले सामाजिक दुरी कायम राख्दै टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
यस्तै खेलाडीले आफुले प्रयोग गरेको जर्सी लगायतका सामग्री आफैले सफा गर्नु पर्नेछ ।
यस अघि आर्सनल, एभर्टन र वेस्ट ह्यामले खेलाडीलाई व्यक्तिगत प्रशिक्षणको लागि अनुमति दिईसकेको छ ।
कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ ।