एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयनले क्लब छाड्ने संकेत गरेका छन् ।
बेल्जियमको एक पत्रिकासँग कुरा गर्दै प्ले मेकर ब्रुयनले क्लब छाड्ने संकेत गरेका हुन् ।
सिटीलाई च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध लागेसँगै ब्रुयनले क्लबसँगको सम्झौता अन्त्य गर्ने योजना बनाएका हुन् ।
'क्लबले हामीलाई भनेको छ उनीहरुले निर्णयविरुद्ध अपिल गरेका छन् । उनीहरु शतप्रतिशत सहि छन्,' ब्रुयनले भनेका छन्, 'क्लबको कुरामा म विश्वत छु । उनीहरुले सत्य कुरा गरेको भए म उनीहरुलाई विश्वास गर्छु । अन्तिम निर्णय हेर्नेछु ।'
फाइनान्सियल फेयर प्लेको नियम तोडेको भन्दै यूईएफएले सिटीलाई च्याम्पियन्स लिगमा दुई वर्षको प्रतिबन्ध गरेको हो । तर, सिटीले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्समा अपील गरेको छ ।
यदि सिटीलाई च्याम्पियन्स लिगमा प्रतिबन्ध कायम रहे ब्रुयनले सिटी छाड्ने छन् ।
'दुई वर्ष च्याम्पियन्स लिग बिना धेरै लामो हुनेछ । जुन मैले एक वर्ष सामना गर्न सक्छु,' उनले भने ।
२८ वर्षे ब्रुयन सन् २०१५ मा जर्मन क्लब वुल्फवर्गबाट सिटी आएका थिए । सिटीसँग उनको सम्झौता सन् २०२३ सम्म रहेको छ ।
सिटीबाट उनले दुई पटक प्रिमियर लिग जितेका छन् ।