एजेन्सी । फ्रान्सको शीर्ष डिभिजनको लिग वान र दोस्रो डिभिजनको लिग टु फुटबल रद्द भएको छ ।
कोरोना भाईरसको महामारीका कारण सरकारले आगामी सेप्टेम्बरसन्ना सबै खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेपछि चालु सिजनको लिग रद्द भएको हो ।
फ्रान्सका प्रधानमन्त्री एडुवार्ड पिलिपेले मंगलबार खेलकुद गतिविधि सेप्टेम्बरसम्म बन्द गरिएको घोषणा गरेका छन् ।
यस्तै फ्रान्स सरकारले लकडाउनको अवधि समेत लम्बाउने तयारी गरेको छ । फ्रान्सले यसअघि मे ११ सम्म लकडाउनको घोषणा गरेको थियो ।
लिग रद्द भएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि जित्नबाट बन्चित भएको छ ।
यस सिजन पीएसजी ६८ अंकसहित शीर्ष स्थानमा रहेको थियो । मार्सेली ५६ अंकसहित दोस्रो स्थानमा रहेको थियो ।
कोरोनाको कारण यस अघि डच लिग रद्द भईसकेको छ ।
कोरोनाको कारण फ्रान्समा २३ हजार बढीको मृत्यु भईसकेको छ । यस्तै विश्वभर २ लाख बढी मानिसको ज्यान गईसकेको छ ।