एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टीले आर्थिक फाइदाको लागि मात्र आफु पीएसजीमा नरहेको बताएका छन् ।
इटालियन मिडफिल्डर भेराट्टीले पीएसजीमा रहेका टिमका सहकर्मीहरु आर्थिक लाभको लागि क्लब नआएको बताउँदै पैसाका लागि खेल्ने भए चीन जाने बताएका छन् ।
पीएसजी विश्वको उत्कृष्ट फुटबल टिममध्ये एक रहेको बताउँदै उनले पैसाको लागि खेल्ने भए चीन जाने समेत बताए ।
'पीएसजी विश्वका ७/८ वटा उत्कृष्ट टिममा एक हो । त्यसैले यहाँबाट धेरै खेलाडी खेल्न चाहन्छन्,' उनले भने, 'कोहि हामी पैसाका लागि पीएसजीबाट खेल्छौं भन्छन् तर त्यसो होइन । यदि कुनै खेलाडी पैसाका लागि खेल्छ भने चीन जान्छ ।'
कतारको धनाढ्यको लगानी रहेको पीएसजीमा नेयमार, एमबाप्पे जस्ता स्टार खेलाडी रहेका छन् । क्लबले उत्कृष्ट टिम बनाउँन करोडौं खर्च गरेको छ । तर, भेराट्टी भने पैसाका लागि मात्र क्लबबाट नखेलेको दाबी गर्छन् ।
यस्तै भेराट्टीले धेरै खेलाडीमा पीएसजी आउने चाहना रहेको समेत बताए ।
'अहिले पनि धेरै खेलाडीहरू छन् जसले मलाई भन्छन् - अध्यक्षसँग कुरा गर्नुहोस् । म त्यहाँ आएर खेल्न चाहन्छु,' उनले भने ।
भेराट्टीले फ्रान्समा सबै उपाधि जितिसकेको कारण अब च्याम्पियन्स लिग जित्ने चाहना भएको समेत बताए ।