टोटेनहमको प्रशिक्षण सुरु

एजेन्सी । इंग्लिस क्लब टोटेनहमले कोरोना भाईरसको कारण स्थगित टिमको प्रशिक्षण सुरु गरेको छ ।
टोटेनहमले मंगलबारबाट क्लबको ट्रेनिङ सेन्टरमा प्रशिक्षण सुरु गरेको हो ।
क्लबले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो । तर, खेलाडीले मैदानमा व्यक्तिगत रुपमा प्रशिक्षण गर्नेछन् ।
प्रिमियर लिग सुचारु गर्ने तयारीसँगै क्लबले प्रशिक्षण थालेको हो । यस अघि आर्सनल, एभर्रटन वेष्ट ह्यामले समेत खेलाडीलाई व्यक्तिगत प्रशिक्षण गर्न अनुमति दिएको थियो ।
कोरोनाको कारण प्रिमियर लिग गत मार्चबाट स्थगित गरिएको छ । लिग स्थगित भएसँगै क्लबले प्रशिक्षण पनि स्थगित गरेको थियो ।
प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरिएको हो ।
स सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।
लिभरपुलको ८२ अंक रहदा सिटीको ५७ अंक रहेको छ ।
यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
लिभरपुलले १९९० पछि प्रिमियर लिगको उपाधि जित्न सकेको छैन ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


