लिभरपुलका पूर्व स्ट्राइकर रोबिनसनको निधन
मंगलबार, बैशाख १६, २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्व स्ट्राइकर माईकल रोबिनसनको निधन भएको छ ।
रिपब्लिक अफ आयरल्याण्डका पूर्व स्ट्राइकर समेत रहेका रोबिनसनको ६१ वर्षको उमेरमा निधन भएको हो ।
स्किन क्यान्सरबाट पीडित रोबिनसनको मंगलबार निधन भएको लिभरपुलले जनाएको छ ।
रोबिनसनले लिभरपुलबाट लिग उपाधिसहित युरोपियन कप र लिग कप जितेका थिए ।
उनले सन् १९८३ देखि ८४ सम्म लिभरपुलबाट खेलेका थिए ।
यस्तै उनले ,म्यानचेस्टर सिटी, ब्राइटन र क्युपीआरबाट समेत खेलेका थिए ।
उनले सन् १९८९ मा स्पेनिस क्लब ओसासुनाबाट खेल जीवनको अन्त्य गरेका थिए ।
आयरल्याण्डका लागि २४ खेल खेलेका उनले ४ गोल गरेका थिए ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


