काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेको नेपाल फुटबल रेफ्री संघले कोरोना भाईरसको कारण समस्यामा परेका रेफ्रीहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङले सामाजिक संजालबाट कोरोनाको कारण समस्यामा रहेका रेफ्रीहरुलाई सहयोग गरिएको बताएका छन् ।
संघले देशभर रहेका १० रेफ्रीहरुलाई जनही ४ हजारका दरले आर्थिक सहयोग गरिएको अध्यक्ष गुरुङले जनाएका छन् ।
'विश्वभारी महामारीको रुपमा फैलिएको कोभिड-१९ को कारण समस्यामा परेका नेपालका फुटबलका रेफ्रीहरुलाई संघबाट राहत स्वरुप केही सहयोग गर्ने उद्देश्यले प्रति व्यक्ति ४ हजारका दरले आर्थिक सहयोग जिल्ला फुटबल रेफ्री संघमार्फत वितरण गरिएको छ,' अध्यक्ष गुरुङले लेखेका छन् ।
संघले झापाका ३ जना रेफ्री ,मोरङका २,सुनसरीका २ र चितवनका ३ गरि १० जनालाई सहयोग गरेको हो ।
यस्तै संघले अन्य जिल्लाका रेफ्रीहरुलाई समेत समस्या भएमा जानकारी गराउन अनुरोध गरेको छ ।