• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
लकडाउन खुलेपछि भलिबल खेलाडीको योजना कस्तो ?
गिता राई
सोमबार, वैशाख १५, २०७७ गिता राई
लकडाउन खुलेपछि भलिबल खेलाडीको योजना कस्तो ?

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगाउन सरकारले विगत १ महिनायता लकडाउन लगाएको छ ।

शनिबार मात्र सरकारले लकडाउनको अवधि थप्दै वैशाख २५ गतेसम्म थप गरेको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण मानिसहरू अत्यावश्यकबाहेक अन्य कामका लागि बाहिर निस्किन पाएका छैनन् ।

लकडाउनका कारण नेपाली खेलकुद क्षेत्र समेत ठप्प रहेको छ । व्यक्तिगत सुरक्षा र जनस्वास्थ्यका लागि खेलाडीहरु पनि घरभित्र बसिरहेका छन् ।

दैनिक मैदानमा देखिने खेलाडीहरुको दैनिकी फेरिएको छ । दैनिकी घरभित्र सिमित हुँदा खेलाडीहरु अभ्यास गर्न र खेल्न नपाएर छट्पटिएका छन् । विभागका कतिपय खेलाडी भने ड्युटीमा खटिएका छन् ।

खेलपाटी संवाददाता गीता राईले भलिबल खेलाडीलाई लकडाउन खुलेपछि तपाईँ सबैभन्दा पहिला के गर्नुहुन्छ भनेर सोधेकी थिइन् ।

लकडाउन खुलेपछि भलिबल खेलाडीले आफ्नो योजना यसरी सुनाए ।

सरस्वती चौधरी (एपीएफ)

बल नछोएको धेरै भईसक्यो । त्यसैले लकडाउनपछि पहिले ट्रेनिङ गर्छु ।

लकडाउनअघि मैले चोट बोकेको थिए । जसको कारण म शारीरिक प्रशिक्षणलाई बढी ध्यान दिन्छु । अलि बढी मेहेनत गर्छु ।

अहिले कोठामै बसेर सामान्य अभ्यास गर्ने गरेको छु । दौडिन र उफ्रन सक्छु कि सक्दिन थाहा छैन, लकडाउनपछि त्यो थाहा हुन्छ । लकडाउनपछि अलि बढी मेहेनत गर्नेछु ।

ईम राना ( राष्ट्रिय टिम कप्तान, पुलिस)

लकडाउन भएपनि हामीलाई नजिकैको स्थानबाट ड्युटी गर्नु भनेको छ । बोलाएको अवस्थामा म पोखरा जानेछु । हामी सम्पर्कमा रहेका छौँ ।

लकडाउनपछि पहिलो प्राथमिकता प्रशिक्षण र खेललाई निरन्तरता दिनु हुनेछ । अहिले सामान्य अभ्यास गरिरहेको छु ।

प्रतिभा माली (न्यु डाइमण्ड)

चोटको कारण आराम गरिरहेको छु । त्यसैले लकडाउनपछि खासै योजना छैन । हल्का हिड्न सक्छु त्यसैले लकडाउन खुल्यो भने न्यु डाईमण्ड स्कुल जाने मन छ । खेल्न सक्दिन तर स्कुलमा भलिबल खेलेको हेर्ने छु ।

कुल बहादुर थापा (पुलिस)

म अहिले घर बुटवलमा छु । लकडाउन खुलेपछि सबैभन्दा पहिले काठमाडौं जाने र आफ्नो अभ्यास सुरु गर्नेछु ।

निरुता ठगुन्ना (एपीएफ)

लकडाउन खुलेपछि पहिलो प्राथमिकता प्रशिक्षण गर्ने र आफ्नो खेल राम्रो बनाउनु हुनेछ । बल नछोएको धेरै भईसक्यो । तर, कोठामै सामान्य अभ्यास गरिरहेको छु ।



धन बहादुर भट्ट (त्रिभुवन आर्मी)

भलिबल खेल्न नपाएको धेरै भयो । भलिबललाई धेरै मिस गरिरहेको छु । लकडाउन खुलेपछि क्लब जाने र आफ्नो प्रशिक्षणलाई निरन्तरता दिने योजना छ । भलिबल खेल्ने बाहेक अन्य योजना छैन ।


सलिना श्रेष्ठ (न्यु डाइमण्ड)

मुख्यत हाम्रो प्रशिक्षण र पढाई रोकिएको छ । लकडाउन खुलेपछि पढाई र प्रशिक्षणलाई निरन्तरता दिनु रहेको छ । घरमै सामान्य अभ्यास गरिरहेको छु तर स्कुल (न्यु डाइमण्ड) मा अभ्यास गरे जस्तो हुदैन । त्यसैले प्रशिक्षणमा बढी ध्यान दिनेछु ।

हरि अधिकारी (त्रिभुवन आर्मी)

अहिले हामीलाई गणमा पठाएको छ । गणबाट म विदामा छु । हामी राष्ट्रिय खेलाडी भन्दा पहिले सिपाही हौँ । त्यसैले लकडाउनपछि पहिले गण जाने र गणले खटाएको ड्युटीमा जानेछु ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
उत्कृष्ट लिब्रो सलिना
उत्कृष्ट लिब्रो सलिना
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP