एजेन्सी । वुल्भ्सका पोर्चुगिज फरवार्ड डिएगो जोटाले 'ई प्रिमियर लिग' फुटबलको उपाधि जितेका छन् ।
इंग्लिस प्रिमियर लिगको अनलाईन गेम 'ई प्रिमियर लिग' को फाइनलमा जोटाले लिभरपुलका एलेक्स्जेन्डर आर्नोल्डलाई पराजित गरे ।
रोमान्चक फाइनलमा जोटाको टिम वुल्भ्सले आर्नोल्डको टिम लिभरपुललाई २-१ ले हराएर उपाधि जितेको हो । खेलको अतिरिक्त समयमा जोटाले निर्णायक गोल गरेका थिए ।

स्काई स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण गरिएको प्रतियोगिताको सेमिफाइनलमा जोटाले बर्नलीका म्याकनिललाई ४-१ ले हराएका थिए ।
यस्तै आर्नोल्डले म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई ३-२ ले हराएका थिए ।
कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिसलाई सहयोग जुटाउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको थियो ।