काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले खेलाडीले तलब कटौती नगर्ने भएको छ ।
कोरोना भाईरसका कारण आर्थिक संकटबाट गुज्रिरहेका युरोपका क्लबहरुले खेलाडीकोे तलबमा कटौती गरेका छन् । तर लण्डन क्लब चेल्सी खेलाडी सहित कर्मचारीलाई पुरै तलब दिन सहमत भएको छ ।
उसले खेलाडीसंग यस महिनाको तलबमा १० प्रतिशतले कटौती गर्ने प्रस्ताव गरेको थियो ।
क्लबले आधिकारिक रुपमा भनेको छ, ‘टिमले कसरी योगदान गर्न सक्छ भन्ने बिषयमा खेलाडीसंग ब्यापक छलफल भएको थियो ।’
चेल्सीको बोर्ड बैठकले विभिन्न च्यारिटीमा सहयोग गर्न खेलाडीहरुमा आग्रह गरेको छ ।
‘यो समय, पुरुषको पहिलो टिमले क्लबका लागि आर्थिक रुपमा योगदान दिने छैनन् । सोही कारण बोर्डले टिमलाई आफ्नो प्रयासमा ध्यान केन्द्रित गर्न निर्देश गरेको छ ।’ बिज्ञप्तीमा भनिएको छ ।
तलब कटौतीको बिषय क्लब र खेलाडीबीच निरन्तर छलफल भएको थियो । खेलाडीका तर्फबाट कप्तान सिजर अज्प्लिक्युएटाले प्रतिनिधित्व गरेका थिए ।
खेलाडीले बताए अनुसार क्लबले यस महिना १० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको थियो । तर यस बिषयमा क्लब र खेलाडीबीच कुनै किसिमको सहमती बन्न सकेन ।
चेल्सीले खेलाडी सहित सबै कर्मचारीको तलब पुरै भुक्तान गर्ने पुष्टि गरेको छ ।
आर्सनल सहित प्रिमियर लिगका धेरै क्लबले महामारीबाट पर्न गएको आर्थिक संकटबाट पार पाउन खेलाडीको तलब कटौती गर्ने सहमती गरेका थिए ।