एजेन्सी । वायर्न म्युनिखका मिडफिल्डर फिलिप कौटिन्होको खुट्टाको शल्यक्रिया गरिएको छ ।
समर ट्रान्सफरमा नयाँ क्लब स्थानान्तरणको तयारीमा रहेका कौटिन्होको खुट्टाको सामान्य शल्यक्रिया गरिएको हो ।
पछिल्लो शल्यक्रियासंगै उनी केही हप्ता मैदानब बाहिर रहनेछन् । बुन्डेश लिगा मे ९ बाट सुरु गर्ने तयारी गरिएको छ ।
वायर्नले लिगमा चार अंंकको अग्रता लिदै तालिकाको शीर्ष स्थानमा रहेको छ ।
२७ बर्षका ब्राजिली मिडफिल्डर बार्सिलोनाबाट लोनमा वायर्न खेल्न पुगेका छन् । उनी बाँकी सिजन खेल्न मिल्ने गरि मैदान फर्कन सक्ने क्लबले अपेक्षा गरेको छ । कोरोना भाईरसको महामारीका कारण मार्चको मध्यसम्म लिग स्थगित गरिएको थियो ।
यस सिजन उनले ३२ खेलमा ९ गोल र गोलका लागि ८ पास उपलब्ध गराएका छन् ।
ब्राजिली स्टार जर्मन क्लब वायर्नमा आफ्नो प्रभाव छाड्न असफल भएका थिए । पछिल्लो समय प्रिमियर लिगका धेरै क्लबले कौटिन्हो अनुबन्धमा ईच्छा देखाईरहेका छन् ।
जर्मन लिगले अर्को महिना बुन्डेशलिगा सुरु गर्दै बन्द रंगशालामा दर्शक बिना खेल खेलाउने निर्णय गरेको थियो । वायर्नले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ । क्लब कीर्तिमानी लगातार आठौं पटक लिग उपाधि उचाल्ने अभियानमा छ ।