एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्टर्लिङले यस सिजन क्लबका लागि ३५ गोल गर्ने लक्ष्य लिएको बताएका छन् ।
२५ वर्षीय फरवार्ड स्टर्लिङले आफुले यस सिजन करियरकै सर्वाधिक धेरै गोल गर्ने लक्ष्य लिएको बताएका हुन् ।
स्टर्लिङले गत सिजन २५ गोल गरेका थिए । जुन उनको करियरमा एकै सिजन गरेको सर्वाधिक धेरै गोल हो ।
'सम्भवत म १५ गोलले पछि रहेको छु,' स्टर्लिङले भनेका छन्, 'ती लक्ष्यहरु हुन् । त्यसलाई प्रयास गर्नु र धेरै संख्या सिर्जना गर्नु पर्नेछ ।'
यस सिजन स्टर्लिङले २० गोल गरिसकेका छन् । तर, कोरोना भाईरसको कारण प्रिमियर लिगसहित अन्य प्रतियोगिता स्थगित गरिएको छ ।
कोरोनाको महामारी कायम रहेको कारण लिग सुचारु अनिश्चित रहेको छ ।
सिटी यस सिजन भने उपाधिबाट निकै टाढा रहेको छ । साविक विजेता सिटी शीर्ष स्थानको लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ ।
यस्तै इंग्ल्यान्डका फरवार्ड स्टर्लिङले आफुले सकेको क्लबका लागि योगदान गरिरहेको र त्यसलाई कायम राख्ने समेत बताए ।
स्टर्लिङ सन् २०१५ मा लिभरपुलबाट सिटी आएका थिए ।